काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो र ऐतिहासिक सांस्कृतिक पर्व इन्द्रजात्रा भव्यताका साथ सम्पन्न भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्दै वसन्तपुर दरबार स्क्वायरमा हजारौं श्रद्धालुहरूको उपस्थितिमा जीवित देवी श्री कुमारी, गणेश र भैरवको रथयात्रा गरिएको छ।
रातिको समयमा आकाश भैरवको मुखबाट जाँड र रक्सीको धारा बगाइँदा भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो। लाखे नाच, पुलुकिसी (ऐरावत हात्ती) र दशअवतार नाचले जात्रालाई अत्यन्त आकर्षक बनाएको थियो।
अनलाइन आवाजका फोटो पत्रकारहरूले जात्राका विभिन्न दुर्लभ क्षणहरूलाई क्यामरामा कैद गरेका छन्।
