नेपाल निजामती कर्मचारी संगठन तथा युनियनहरूले संघीय निजामती सेवा ऐन चाँडो जारी गर्न र सरुवा प्रणालीलाई पूर्ण रूपमा सफ्टवेयरमा आधारित (Automated System) बनाउन माग गरेका छन्।
सुगम जिल्ला र आकर्षक मन्त्रालयमा वर्षौंसम्म एउटै कर्मचारी बस्ने र दुर्गममा खटिएका कर्मचारीको वृत्ति विकास नहुने परिपाटीले राष्ट्रसेवकहरूको मनोबल खस्किएको उनीहरूको भनाइ छ।
'कर्मचारीलाई स्रोत-साधन, आधुनिक प्रविधि र कानुनी सुरक्षा दिइयो भने मात्र सेवाग्राहीले चाहेजस्तो छिटोछरितो सेवा दिन सकिन्छ,' एक अधिकृतले अनलाइन आवाजसँग बताए।
