नेपाल सरकारले नागरिकका दैनिक सरोकार—जस्तै सडकका खाल्डाखुल्डी, खानेपानीको अभाव, अस्पतालमा लाइन र राहदानी-लाइसेन्स वितरणका समस्यालाई ४८ घण्टाभित्र समाधान गर्न मन्त्रालयस्तरीय द्रुत कार्यदल गठन गरेको छ।
मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव बैठकले हेलो सरकार, अनलाइन आवाज र सामाजिक सञ्जालमा नागरिकले दर्ता गराएका गुनासाहरूलाई सिधै कार्यदलको प्रणालीमा जोड्ने निर्णय गरेको हो।
'नागरिकलाई सास्ती दिने र काम पन्छाउने कर्मचारीलाई तत्काल स्पष्टीकरण सोधिनेछ,' सरकारका प्रवक्ताले अनलाइन आवाजसँगको कुराकानीमा बताए।
