नेपाल प्रहरीको साइबर ब्युरोमा दैनिक सयौं अनलाइन ठगी, क्रिप्टो जालसाजी, र सामाजिक सञ्जाल दुरुपयोगका उजुरीहरू दर्ता हुने गरेका छन्। सीमित जनशक्ति र पुराना सवारी साधनका बाबजुद प्रहरीले नागरिकको जिउधनको सुरक्षाका लागि अहोरात्र खटिरहेको छ।
प्रहरी अधिकारीहरूका अनुसार अबको अपराध परम्परागतबाट डिजिटलतर्फ सरेकाले तल्लो तहका चौकीसम्मै साइबर अनुसन्धानका आधारभूत उपकरण र तालिम पुर्याउनु अपरिहार्य भएको छ।
साथै, चौबिसै घण्टा ड्युटीमा खटिने तल्लो तहका हवल्दार र जवानहरूको राशन, आवास र स्वास्थ्य बीमा सुविधा समयानुकूल वृद्धि गर्नुपर्ने आवाज उठेको छ।
