नेपालभरका महिला उद्यमी, सहकारीकर्मी तथा स्थानीय तहका उपप्रमुखहरूले महिलाको सशक्तीकरण भाषणमा मात्र सीमित नगरी उनीहरूलाई उत्पादन र आर्थिक क्रियाकलापसँग जोड्नुपर्नेमा जोड दिएका छन्।
अल्लो, ढाका, च्याउ खेती, मौरीपालन र हस्तकलामा लागेका ग्रामीण महिलाहरूले बैंकहरूले धितो नभएको भन्दै ऋण नदिने गरेको गुनासो गरेका छन्। यसका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्न प्रत्येक पालिकामा कोसेली घर निर्माण गर्नुपर्ने माग गरिएको छ।
'जबसम्म महिलाको हातमा आफ्नै कमाइ हुँदैन, तबसम्म समाजमा घरेलु हिंसा र विभेद अन्त्य हुन सक्दैन,' महिला उद्यमी महासंघकी प्रतिनिधिले बताइन्।
